
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ ।
आइओसीले बिहीबार इन्धनको नयाँ मूल्यसूची पठाएको हो ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ४९ पैसा र डिजेलमा प्रतिलिटर ६ रूपैयाँ १२ पैसा बढेर आएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने घटाएर पठाएको छ। एलपी ग्यास प्रतिसिलिन्डर १०० रूपैयाँ घटेर आएको छ ।
यसअघि आइओसीले मूल्य घटाएर पठाउँदा पनि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको थिएन ।