काेराेना संक्रमित तीन जनाकाे मृत्यु, थप २०६ जनामा संक्रमण

काठमाडाैं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएकाे छ ।

थप तीन जनाको मृत्यु भएपछि अहिलेसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेकाे सङ्ख्या १२ हजार पाँच जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा दुई हजार आठ सय ६९ जनाको नमुना परीक्षण गर्दा दुई सय ६ जना सङ्क्रमित थपिएका छन् भने तीन सय ९८ जना निको भएका छन् ।

नेपालमा दुई हजार आठ सय ९१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टामा ९८ हजार चार सय ४० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१