ब्रह्मास्त्रको टिकट मूल्य ७५ रुपैयाँ !

मुम्बई । बलिउड बक्सअफिसमा पछिल्ला दिनमा फिल्महरु फ्लप हुने क्रम जारी छ ।

‘लाल सिंह चड्ढा’ देखि लिएर ‘रक्षाबंधन’ र ‘लाइगर’ सम्म आइपुग्दै सबै फिल्म फ्लप भइसकेका छन् । यसले निर्माता मात्र होइन, हल सञ्चालक पनि ठूलो घाटामा छन् ।

यहीकारण आगामी सेप्टेम्बर ९ बाट रिलिज हुने रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ हेर्न चाहने दर्शकका लागि हल सञ्चालकले ७५ रुपैयाँमै टिकट उपलब्ध गराउने भएका छन् ।

मल्टीप्लेक्स एसोसिएसन अफ इण्डिया (एमएआई) र देशभरका थिएटरले १६ सेप्टेम्बरको राष्ट्रिय सिनेमा दिवसको अवसर पारेर ७५ रुपैंयाँमा नै टिकट उपलब्ध गराउने निर्णय गरेका छन् ।

१६ सेप्टेम्बरमा ४ हजार थिएटर यो राष्ट्रिय सिनेमा दिवसको हिस्सा बन्दैछन् । यो दिवस कोरोना महामारीपछि थिएटर खुलेको अवसर पारेर धन्यवाद दिनका लागि मनाइँदैछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१