सुत्केरी बेथा लागेकाे चार दिनपछि गर्भवतीकाे हवाइ उद्धार

सुर्खेत । चार दिनदेखि सुत्केरी बेथा लागेर बच्चाको जन्म दिन नसकेकी जाजरकोट नलगाड नगरपालिका –८ की २७ वर्षीया लक्ष्मी ओलीलाई हवाइ उद्धार गरिएको छ ।

ओलीलाई राष्ट्रपति उद्धार कोषमार्फत नेपाली सेनाको पश्चिम हवाइ बेसबाट गएर हेलिकोप्टरले आज बिहान उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याएको हो ।

लुपाना घरमा सुत्केरी बेथा लागेर दल्लीस्थित नगर अस्पतालमा ल्याएर चार दिनसम्म उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि प्रदेश अस्पतालमा ल्याएर उपचार सुरु गरेकाेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले जानकारी दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१