• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेपाली सेनाले खुलायाे जागिर, ४ हजार जनालाई अवसर (विज्ञापनसहित)

काठमाडाैं । नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदमा दरखास्त माग गरेको छ ।

देशभरका २० वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने गरी नेपाली सेनाले कुल चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको हो ।

दरखास्त भदौ २४ देखि असोज २३ गतेसम्म दिन सकिने नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग,जंगी अड्डाले जनाएको छ ।

दोब्बर दस्तुर तिरेर असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।