
काठमाडाैं । के तपाईँ छालासम्बन्धी रोगबाट ग्रसित हुनुहुन्छ ? या आफ्नो सुन्दरता बढाउन स्किनसम्बन्धी उपचार गर्ने अस्पतालको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब विशेष छुटकासाथ स्किनसम्बन्धी उपचार गर्ने मौकाको सदुपयोग गर्नुहोस् ।
कोरियन स्किन केयरले दशैँको उपलक्ष्यमा छाला सम्बन्धीसम्पूर्ण उपचारहरुमा १५ प्रतिशतसम्म छुट दिएको छ । लामो समयदेखि आफ्ना विभिन्न शाखाहरुबाट सुन्दरता र छालासम्बन्धी समस्या भएकाहरुलाई मध्यनजर गरी सेवा प्रदान गर्दै आएको कोरियन स्किन केयरले दशैँ अफरको रुपमा हरेक उपचारमा १५ प्रतिशतसम्म छुट दिएको हो ।
कोरियन प्रबिधिद्धारा डण्डीफोर, चाया, पोतो, चाउनरीपन, चिलाउने, छाला सुख्खा हुने, कोठी हटाउने र छालासम्बन्धी अन्य विभिन्न उपचारमा उक्त छुट दिइएको कोरियन स्किन केयरले जनाएको छ ।
काठमाडाैंकाे बालुवाटार र बौद्ध पिपलबाेट, पोखराको चिप्लेढुंगा, चितवनको भरतपुर र झापाको बिर्तामोडमा गरी कोरियन स्किन केयरले ५ ठाउँबाट सेवा दिइरहेको छ । याे अफर तिहारसम्म रहने काेरियन स्किन केयरकी सञ्चालक पबि गुरुङले जानकारी दिइन् ।