• २०८३ जेठ २२
  • 2026 June 05, Friday

रुसले कब्जा गरेकाे आफ्नाे पूर्वी सहर खाेस्याे युक्रेनले

काठमाडाैं । युक्रेनको सेनाले रुसले कब्जा गरेकाे केही आफ्ना भूभागहरु पुन: फिर्ता लिएकाे छ । पूर्वी सहरका केही स्थान पुनः नियन्त्रणमा लिएको हाे ।

युक्रेनका अधिकारीहरुले दिएको जानकारी अनुसार युक्रेनका सेनाले कुपिनास्क सहरलाई आफ्नो नियन्त्रणमा लिएका हुन् ।

पूर्वी आपूर्तिको लागि यो सहर निकै महत्वपूर्ण मानिएको छ । शनिबार युक्रेनी सेनाले उक्त सहरमा आफ्नो नियन्त्रण हासिल गरेको हो ।

रुसको रक्षा मन्त्रालयले पनि यो समाचार सार्वजनिक भएपछि आफ्नो सेनाले पनि पुनः संगठित भएर आक्रमण बढाउने बताएको छ । मन्त्रालयले आफ्ना सेना तेस्रो प्रमुख सहर बालाक्लियाबाट पनि फिर्ता भएको पुष्टि गरेको छ ।

गत अप्रिलमा रुसी सेना किभबाट फिर्ता भएयता युक्रेनी सेनाको यो सबैभन्दा ठूलो उपलब्धि भएको बीबीसीले उल्लेख गरेको छ ।

शनिबार राति एक भिडियो जारी गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुई हजार वर्गकिलोमिटरको भू–भाग स्वतन्त्र गरेको दाबी गरेका छन्।

रुसी सेना इजुएम सहरबाट फिर्ता हुनु युक्रेनको लागि महत्वपूर्ण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।