
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अनशनरत डा. गोविन्द केसीको पक्षमा उभिएका छन् ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै २०औं पटक अनशन थालेका डा. केसीका माग राज्यले सुनुवाइ नगरेको भन्दै भट्टराईले आपत्ति जनाएका छन् ।
भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत् भनेका छन, ‘सार्वजनिक स्वास्थ्य, शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा.केसीले २०औं पटक अनशनमा बस्नपर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो ।’
कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा पनि संचालन नगर्ने किन भन्दै भट्टराईले प्रश्न उठाएका छन् ।
उनले भनेका छन् ‘त्यहाँ विकृतिविसंगति छन् भन्ने हामी सबैले स्वीकार्ने तर नसुधार्ने किन ? कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा सञ्चालन नगर्ने किन ? बेलैमा सोचौँ ।
डा.केसीले सरकारले आफूले पटक–पटक उठाएका मागमा सहमति गरेको भएपनि त्यसलाई सम्बोधन नगरेको भन्दै सोमबार साँझ ५ बजेदेखि कैलालीमा अनशन सुरु गरेका छन् ।