• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

डेङ्गु सङ्क्रमितका लागि काठमाडौं महानगरद्वारा २४ घण्टे हटलाइन सेवा सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेङ्गु सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ ।

महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत डेङ्गु भएको शङ्का लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताए ।

सङ्क्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर नि:शुल्क एम्बुलेन्स सेवा समेत लिन सक्ने उनले बताए ।

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर डेङ्गुको सङ्क्रमण तीव्र फैलिएको छ ।