• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्याे, ९ जना बेपत्ता

अछाम । अछाममा शुक्रबारदेखिको अविरल वर्षासहित गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

उनका अनुसार पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ जना घाइतेको उद्दार गरिएको छ ।