
काठमाडाैं । सुनको मूल्य आइतबार तोलामा ३ सय रुपैयाँ बढेर बजार मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि आइतबार तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कायम भएको छ ।
गत शुक्रबार चाँदी तोलामा १० रुपैयाँले घट्दा प्रतितोला ११ सय ७० रुपैयाँमा थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १६७५.२२ डलर र चाँदी प्रतिऔँस १९.६१ डलरमामा कारोबार भइरहेको छ ।