• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

धनगढीमा अनसनरत डा. गोविन्द केसीको मुटुको धडकनमा गडबडी

काठमाडाैं । कैलालीको धनगढीमा अनसनरत डा. गोविन्द केसीको मुटुको धडकनमा गडबडी भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ताले सोमवार बिहान प्रेस विज्ञप्ति जारी गर्दै पेट देख्ने, दिशा कालो भएको, धेरै कमजोरी, टाउको दुख्ने, रिङटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरको मांशपेशी दुख्ने, बाउडिने र सुक्दै गएको, रक्तचाप घट्दै गएको, श्वासप्रश्वास दर बढ्दै गएको, शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको, तौल घट्दै गएको जनाएका छन् ।

पेटमा अल्सर भई आन्तरिक रक्तश्राव भएको, पोषण तत्वहरू र पानीको मात्रा कम भई जटिलता बढ्दै गएको पनि विज्ञप्तिमा जनाइएकाे छ । रक्तश्रावमा गडबडी भई अंग र प्रणाली खराब हुनसक्ने वा ज्यान जोखिममा पर्नसक्ने सम्भावित जटिलता देखिएको विज्ञप्तिमा उल्लेख छ ।