
काठमाडाैं । नेकपा एमालेमा रहेका पूर्व माओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र मणि थापालाई नेकपा माओवादी केन्द्रमै फर्काउने प्रयास सुरु भएको छ ।
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व प्रशासन मन्त्री टेकबहादुर बस्नेतले एमालेमा गएका पूर्व माओवादी नेतासहित मोहन बैद्य, नेत्रविक्रम चन्द, गोपाल किराती लगायतलाई माओवादीमा फर्काउने प्रयास सुरु भएको बताएका हुन् ।
नेता बस्नेतले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई एकता प्रक्रियामा आउँदा माओवादीको शक्ति बढेको उल्लेख गर्दै अन्य नेताहरुलाई पनि गृह प्रवेश गराएर पार्टी र मुलुकलाई बलियो बनाउने आफूहरु क्रियाशिल रहेको धारणा राखे ।
आउँदो चुनावमा गठबन्धनले बहुमत ल्याएर सरकार बनाउने निश्चित भएको जनाउँदै बस्नेतले एमाले प्रतिगमनको मतियार भएको टिप्पणी गरे ।
नेता बस्नेतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई नजरबन्दमा राखिएको नभइ राज्यले सुरक्षा प्रदान गरेको जिकीर गरे । चोलेन्द्र संसद विघटनको पक्षमै रहेकाले उनले संसद पुनस्र्थापना गरेको कुरा सत्य नभएको उनको भनाइ छ ।
यस्तै, नागरिकता संशोधन विधेयकले मुलुक फिजी हुन्छ भन्ने हल्ला मच्चाएर अस्थिरता ल्याउन खोजेको बस्नेतको दाबी छ ।
विस्तृत भिडिओमा :