
काठमाडाैं । नेपालमै पहिलो पटक श्रीनिम्बार्क वैष्णव राष्ट्रिय महासम्मेलन हुने भएको छ । धार्मिक तथा पौराणिक महत्वले भरिपूर्ण क्षेत्रको रुपमा रहेको बिराटनगरमा असोज २९ गतेदेखि ३१ गतेसम्म महासम्मेलनको आयोजना गर्न लागिएको हो ।
महासम्मलेन ओयाजक समिति बिराटनगरले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । बैदिक सनातन धर्मको बाटोबाट नै हामीहरु अगाडी बढेर आएको र नेपाल भरि छरिएर रहेका निम्बार्क वैष्णवहरुलाई एकत्रित गर्दै लैजाने कार्यक्रमको उदेश्य रहेको आयोजकले जनाएको छ ।
अहिले धर्ममाथि पनि राजनीतिक आक्षेपहरु आउन थालेकाले बिभिन्न धर्महरुलाई एकै मञ्चबाट जोडेर धार्मिक एकता गर्नुपर्ने आवश्यकता रहेको आयोजक समितिका धर्म संस्कृतिविद कृष्णप्रसाद गुरागाईले बताए ।
महासम्मेलनमा देश बिदेशबाट आउने जगद्गुरु, धर्माचार्य, सन्त–महन्त, बिद्धान्–विदुसी एबंम वैष्णवका चारै सम्प्रदायका धर्माचायहरुको भब्य स्वागत गरिने, १२ वटा पानसमासामुहिक दीप प्रज्वलन गरिने, विभिन्न विद्वानहरुद्वारा निम्बार्क सम्प्रदायको बैशिष्ट्यतामाथि प्रकाश पारिने, जगद्गुरु श्रीनिम्बार्काचार्यले सनातन धर्मको रक्षार्थ पुर्याउनु भएको योगदानको समीक्षा गरिने र साधना शिविर सञ्चालन गरिने कार्यक्रमहरु तय गरिएको छ ।
यस्तै, राधाकृष्ण विषयमा प्रवचन सुनाइने र कार्यक्रममा उपस्थित भक्त भावगत र वैष्णवहरुलाई मायाको चिनो तथा उपहारसहित अभिनन्दन, सम्मान अर्पण गर्ने कार्यक्रम रहेको छ । महासम्मेलनकोको खर्च ब्यवस्थापन भक्तजनहरुले स्वच्छिक रुपमा दिएको भेटी रहेको पनि आयोजकले जनाएको छ ।