
काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार अनामनगरको अक्सिडेन्टल स्कुल क्षेत्रमा पर्ने अवैध टहरा भत्काउने भएको छ ।
यसका लागि डोजर र आवश्यक जनशक्तिसहितको टोली पुगिसकेको छ ।
उक्त क्षेत्रमा सार्वजनिक जग्गा मिचेर टहरा निर्माण गरेको पाइएको र सम्भवतः आज नै भत्काइने नगर प्रहरीले जनाएकाे छ ।
महानगरले पछिल्लो समय अवैध संरचना भत्काउने अभियान निरन्तर जारी राखेको छ ।
-फाइल तस्बिर ।