भक्तपुरमा गाडीले किचेर १७ महिने शिशुको मृत्यु

भक्तपुर । भक्तपुरको लोकन्थलीमा गाडीले किचेर १७ महिने शिशुको मृत्यु भएकाे छ ।

मध्यपुर ठिमी-१ लोकन्थलीका १७ महिने सलिन श्रेष्ठको शुक्रबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।

खेल्दै गरेका बालक पानी झार्न रोकेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरेका थिए ।

गाडी मुनी बालक छिरेको थाहा नपाएपछि चालकले पानी झारेर अगाडि बढ्दा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि तत्काल समिट अस्पतालमा लगिएकाे थियाे ।

उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले गाडी चालक सिन्धुपाल्चोक मेलम्ची-३ घर भइ मूलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई नियन्त्रणमा लिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१