• २०८३ असार ३
  • 2026 June 17, Wednesday

बागमती प्रदेशसभा सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश

हेटौंडा । बागमती प्रदेशसभा सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश गरेकी छन्।

शुक्रबार मकवानपुरको बागमती गाउँपालिका–३ मा आयोजित कार्यक्रममा माझीलाई राप्रपा नेपाल अध्यक्ष कमल थापाले राप्रपा नेपालमा स्वागत गरेका हुन्। माझीले केहिदिन अघि राप्रपाको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएकी थिइन्। उनले राप्रपामा गुटबन्दी बढेको भन्दै राजीनामा गरेको थिइन्।

माझीलाई राप्रपा नेपालमा स्वागत गर्दै अध्यक्ष थापाले अब कोहि पनि अलमलमा नपरी, भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए।
मुलुकलाई एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता भएको र त्यो शक्ति राप्रपा नेपाल बन्न सक्ने थापाको दाबी रहेको थियो।

कार्यक्रममा बोल्दै माझीले इमान्दारीता, निष्ठा र कर्तव्य बोधका कारण राप्रपा नेपाल रोजेको बताइन् । उनले कमल थापा विचार र पार्टीको जन्मदाता भएकोले थापा सङ्ग काम गर्दा गौरवको अनुभूति हुने समेत विचार व्यक्त गरिन्।