न्युरोडमा यी दिन सवारीसाधनहरूको प्रवेश निषेध

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारीसाधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपांग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ ।

कार्यालयले आइतबार एक सूचना जारी गरी असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्मका लागि ‘डाइभर्सन’ गरी खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ।

प्रहरीले तोकिएको मिति र समयमा सवारी साधन नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सवारी चालक तथा सवारीधनीमा अनुरोध गरेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१