मनास्लुमा हिमपहिरो : १ जनाको मृत्यु, दर्जनबढी घाइते

गोरखा । चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएकाे छ ।

हिम पहिराेमा परेर एक जनाको मृत्यु भएको छ एक दर्जनबढी घाइते भएका छन् ।

हिमाल आरोहणका लागि विदेशी पर्यटकसहित सहयोगीको रुपमा गएका अनुप राईको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

प्रहरी पनि आधार शिविरमा पुग्न सम्भव नभएकाले घटनाबारे यकिन विवरण पाउन मुश्किल भएको उनको भनाइ छ ।

मानवीय क्षतिबारे यकिन विवरण भने आइसकेकाे छैन । प्रतिकुल माैसमका कारण घाइतेकाे उद्दारमा कठिनाइ भइरहेकाे छ ।

–फाइल तस्बिर/मिङ्मा शेर्पा 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१