मनास्लुमा मृत भेटिइन् अमेरिकाकी चर्चित हिमाल आरोही

काठमाडौँ । अमेरिकाकी चर्चित हिमाल आरोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला परेकी छन्।

गत सोमबार बिहान उनी आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी थिइन्। स्की गरेर फर्किने बेलामा उनी खोंचमा खसेर हराएकी थिइन्। ४९ वर्षीया नेल्सन २ हजार फिट गहिरो खोंचमा परेकी थिइन्।

सांग्रिला नेपाल ट्रेकमार्फत् नेल्सनको मनास्लु आरोहणमा गएकी थिइन्। सांग्रिला नेपाल ट्रेकका प्रमुख जीवन घिमिरेले बुधबार बिहान नेल्सनको शव फेला परेको जानकारी दिए।

‘हामी शव निकालेर काठमाडौं ल्याउने तयारी गरिरहेका छौं,’ उनले भने।

सोमबार नै मनास्लुमा आएको हिमपहिरोमा परी एक जनाको आरोहण सहयोगी अनुप राईको मृत्यु भएको थियो।

नेल्सन दुई दशकदेखि हिमाल आरोहणमा संलग्न थिइन्। विभिन्न १६ मुलुकमा उनले ४० वटा आरोहण गरेकी थिइन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१