बागलुङमा अरिंगालले टोकेर एक जनाको मृत्यु

बागलुङ । बागलुङमा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ ।

जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिंगालले टोक्दा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए ।

रातको समयमा घर नजिकैको जंगलमा अरिंगाल पोल्ने क्रममा अरिंगालले टोकेर गम्भीर घाइते भएका रानालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको थियो ।

तर मंगलबार बिहान घरमै उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१