थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ३ सय ७ पिसिआर परिक्षणका क्रममा २५ जना र १ हजार ३ सय ७१ एन्टीजेन परिक्षणका क्रममा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ७० जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा १ हजार ७७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१