निर्वाचन अधिकृत कार्यालयको स्थापना आजबाट सुरू

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना सुरू भएको छ।

निर्वाचन आयोगका अनुसार आजदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको क्रम आजदेखि सुरू भएको हो।

असोज २० गतेभित्र सबै निर्वाचन क्षेत्रमा कार्यालयहरू स्थापना भइसक्ने आयोगले जनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१