• २०८३ असार ३
  • 2026 June 17, Wednesday

कांग्रेसले स्थानीय चुनाव लडेकालाई टिकट नदिने

काठमाडौं । नेपाली कांग्रेसले गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको आगामी निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको हो। बैठकले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएका व्यक्तिलाई प्रतिनिधिसभा प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार निर्णय गरेको हो।

विधान बमोजिम सिफारिस भएका व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, लोकप्रियता र आगामी दिनको सम्भावनाका आधारमा उम्मेदवार छनोट गर्ने कांग्रेसको निर्णय छ।

स्थानीय निर्वाचनका क्रममा अनुशासन उल्लंघन गरेका र कारबाहीको प्रक्रियामा रहेका वा कुनै कारणवश निस्कृय बसेका सदस्यहरुलाई पार्टीमा पूर्ववत रुपमा सक्रिय हुन आह्वान पनि गरेको छ।