• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

दशैँको टीका लगाउने क्रम आज पनि जारी

काठमाडौं । बडादशैँको टीका लगाउने क्रम बिहीबार पनि जारी छ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट टीका प्रसाद लगाउने चलन छ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम पूर्णिमासम्म रहन्छ।

आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।

काठमाडौं उपत्यकामा यातायातका साधन कम चलेका कारण सर्वसाधारण मारमा परेका छन्।

यसैगरी बेमाैसमी झरीका कारण पनि टीका लगाउन जान समस्या भएको छ।