• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सन्दीप लामिछाने आज बिहान १० बजे नेपाल आइपुग्ने

काठमाडौं । किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आइपुग्दैछन्। सामाजिक सञ्जालमार्फत उनले बिहीबार बिहान १० बजे विमानस्थल आइपुग्ने जनाएका हुन्।

‘प्रहरी अधिकारीसमक्ष आत्मसमर्पण गर्ने प्रतिबद्धताबमोजिम म बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिँदैछु’, उनले लेखेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई जानकारी गराइसकेको छु।

सन्दीप सीपीएलको सिलसिलामा वेष्ट इन्डिज गएका थिए। गत भदौ २१ गते १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएपछि लामिछानेलाई प्रहरीले २३ गते पक्राउ पुर्जी जारी गरेको थियो।

नेपाली क्रिकेटका कप्तान रहेका उनलाई त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई निलम्बन गरेको थियो।