काठमाडौँ । नेकपा एमाले र जनता समाजबादी पार्टी (जसपा)बिच सिट बाँडफाँडमा सहमती जुटेको छ ।
लामो छलफल पश्चात दुई दलबिच प्रतिनिभिसभाका लागी सिट बाँडफाडमा सहमती जुटेको हो । सहमती अनुसार एमालले ३५ र जसपाले १७ सिट पाएको छ ।
सप्ततरी क्षेत्र नम्बर ३, सिरहा क्षेत्र नम्बर १ र ३, धनुषा ३ र ४, महोत्तरी १, सर्लाही २ र ३, रौतहट ३ र ४, बारा १ र ४, पर्सा ३ र ४, नवलपरासी (पश्चिम) १ र २, रुपन्देही १, २ र ३, कपिलवस्तर १, २ र ३, कैलाली १, २, ३, ४ र ५, मोरङ १, २, ३, ४ र ६ र सुनसरी २, ३ र ४ एमालेको भागमा परेको छ ।
यस्तै जसपाको भागमा सप्तरी निर्वाचन क्षेत्र नम्बर १, २ र ४, सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ परेको छ ।
दुई दलबिच प्रदेश सभा निर्वाचन क्षेत्रका लागी पनी सिट बाँडफाँडमा सहमती जुटेको छ । जस अनुसार ७० सिट एमालले र जसपाले ४२ सिट पाएको छ ।
सहमती भएका निर्वाचन क्षेत्रहरुबाहेक अन्य क्षेत्रहरुमा दुवै पार्टीले उम्मेदवारी दिन सक्ने र निर्वाचन पश्चातसम्म पनी निरन्तर सहमती रहने बताईएको छ ।