• २०८३ असार ३
  • 2026 June 17, Wednesday

एकीकृत समाजवादीले प्रेम आले, शेरबहादुर कुँवर, भानुभक्त जोशीलाई दियो टिकट

सुदूरपश्चिममा गठबन्धनतर्फ प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीलाई तीन सिट

काठमाडौँ । सुदूरपश्चिममा गठबन्धनतर्फ प्रतिनिधि सभामा तीन सिट पाएको नेकपा एकीकृत समाजवादीले उम्मेदवारको टुंगो लगाएको छ।

गठबन्धनमा अछाम निर्वाचन क्षेत्र नम्बर १, बझाङ र डोटी नेकपा समाजवादीको भागमा परेको छ।

एकीकृत समाजवादीले अछाम निर्वाचन क्षेत्र नम्बर १ मा शेरबहादुर कुँवर, बझाङमा भानुभक्त जोशी र डोटीमा प्रेमबहादुर आलेलाई प्रतिनिधि सभा प्रत्यक्षबाट चुनाव लड्न टिकट दिएको छ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा समाजवादीले बझाङको केदारस्युँ गाउँपालिका र कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा जितेको थियो।