• २०८३ असार ३
  • 2026 June 17, Wednesday

काठमाडौं २ मा माओवादीले ओनसरीलाई दियो टिकट

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख ओनसरी घर्ती मगरलाई काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले काठमाडौं २ र ९ लिएको थियो । काठमाडौं २ मा ओनसरीसँगै कृष्णराज सुवेदी पनि उम्मेदवार बन्ने दौडमा थिए । तर पूर्व सभामुख घर्ती मगरलाई टिकट दिइएको छ ।