• २०८३ असार ३
  • 2026 June 17, Wednesday

रवि लामिछानेले चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दिने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उठ्ने भएका छन् । उनका सहयोगी दीपक बाेहाराका अनुसार लामिछाने चितवन २ बाट उठ्ने निर्णय भएको हाे ।

उनी उम्मेदवारी मनाेनयनका लागि चितवन आएका छन् । चितवन क्षेत्र नं. ३ बाट उठ्ने चर्चा रहे पनि लामिछानेले २ बाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन १ बाट हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।