
काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता डिल्लीराम सुवेदी बाग्लुङ निर्वाचन क्षेत्र नं १ को ‘ख’बाट चुनाव लड्ने भएका छन् ।
आइतबार बालुवाटारमा बसेको काँग्रेस शीर्ष नेताको छलफलले बाग्लुङका प्रदेशसभाका ४ ओटै निर्वाचन क्षेत्रको टिकट टुंगो लगाएको हो।
जसअनुसार बागलुङ निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा दीपेन्द्र थापा र ‘ख’ मा डिल्लीराम सुवेदीले टिकट पाएका हुन् ।
प्रदेश सभा खका उम्मेदवार सुवेदी शिक्षा क्याम्पसका पूर्व स्ववियू सभापति र नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष थिए । उनी काँग्रेस बागलुङका महाधिवेशन प्रतिनिधि हुन् । सुवेदी शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल)का वर्तमान अध्यक्ष पनि हुन् ।
त्यस्तै, निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा ‘क’ मा जित शेरचन र ‘ख’मा द्राेण कुँवरले टिकट पाएका छन् ।
प्रतिनिधिसभा अन्तर्गत पाँचदलीय गठबन्धनबाट १ नं क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र क्षेत्र नं २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेलले उम्मेद्वारी दर्ता गर्दैछन् ।