• २०८३ असार ३
  • 2026 June 17, Wednesday

कञ्चनपुरका एमाले नेता सुवेदीले छोडे पार्टी

काठमाडौँ ।कञ्चनपुरका एमाले नेता खेम सुवेदीले पार्टी परित्यागको घोषणा गरेका छन् ।  आसन्न निर्वाचनमा टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै सुवेदीले पार्टी परित्याग गरेका हुन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट उनले उम्मेदवारी दाबी गरेका थिए । तर पार्टीले उनको ठाउँमा तारा लामा तामाङलाई टिकट दिएपछि उनले रुष्ट हुँदै पार्टी छाडेका हुन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीलाई राजीनामापत्र लेख्दै सुवेदीले अब आफू स्वतन्त्र भएको समते उल्लेख गरेका छन्।