विनोद चौधरीले नवलपरासी–१ बाट उमेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्बपति उद्योगी विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रतिनिधिसभा सदस्यको उमेदवार बन्ने भएका छन् ।

यसअघि समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी योपटक प्रत्यक्ष निर्वाचनमा होमिएका हुन् ।

कांग्रेस संसदीय बोर्डको निर्णयानुसार चौधरीले बर्दघाट पुगेर मनोनयनपत्र दर्ता गराउनेछन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१