
काठमाडाैं । नेपाली बजारमा आइतवार छापावाल सुन प्रति तोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको मूल्य प्रति तोला ९६ हजार रुपैयाँ कायम गरेको हो ।
दसैँ अगाडिको अन्तिम कारोबारमा सुनको मूल्य ९३ हजार रुपैयाँ प्रति तोला कायम भएको थियो । दसैँ पछाडि पुनः कारोबार शुरू हुँदा भने एकैपटक ३ हजार रुपैयाँले सुनको मूल्य बढेको हो ।
आइतबार चाँदी प्रति तोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । दसैँ अगाडिको अन्तिम कारोबारका दिन चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।