तनहुँ-१ मा रामचन्द्र पौडेललाई चुनौती, गोविन्दराज जोशीको स्वतन्त्र उम्मेदवारी

काठमाडाैं । आगामी मंसिर ४ मा हुने निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा प्रतिस्पर्धी गोविन्दराज जोशीको बागी उम्मेदवारी झेल्नुपर्ने भएको छ ।

तनहुँ– १ को निर्वाचन कार्यालय पुगेर कांग्रेसबाट पूर्वगृहमन्त्रीसमेत रहेका जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

२०७४ को आमनिर्वाचनमा वाम गठबन्धनबाट एमाले उम्मेदवार किसान श्रेष्ठसँग वरिष्ठ नेता पौडेल पराजित हुनुमा जोशीको विद्रोह पनि एउटा कारण थियो ।

पौडेललाई उतिबेला पराजित गर्ने श्रेष्ठ अहिले एकीकृत समाजवादीमा छन् ।

२०७४ मा विजय हासिल गरेको आधारमा तनहुँ– १ मा श्रेष्ठकै दावेदारी रहने भए पनि सत्ता गठबन्धनले उनलाई बारा– ४ को उम्मेदवार बनाएर पौडेलका लागि यो निर्वाचन क्षेत्र सुरक्षित गरेको हो ।

तर, आफ्ना सदावहार प्रतिस्पर्धी जोशीको स्वतन्त्र उम्मेदवारीले पौडेललाई अप्ठ्यारोमा पारिदिएको छ । याे क्षेत्रमा एमालेले रामबहादुर रानालाई उम्मेदवार बनाउने सम्भावना रहेको बताए पनि टुङ्गो लगाइसकेको छैन ।

तनहुँ– १ मा उम्मेदवारीको टुङ्गो लगाउन एमालेले ढिलाइ गर्नुको कारण जोशीलाई सहज होस् भन्ने चाहना रहेको कतिपयको अनुमान छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१