• २०८३ असार ३
  • 2026 June 17, Wednesday

कमेडियन हिमेश पन्तले दिए धादिङ- १ बाट उम्मेदवारी

काठमाडाैं । कमेडी च्याम्पियन्सका विजेता हिमेश पन्तले धादिङको क्षेत्र नम्बर १मा उम्मेदवारी दिएका छन् ।

उनले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चिन्ह लिएर प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्न लागेका हुन् ।

आइतबार मनोनयन दर्ता गराउने दिन निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दिएका हुन् ।

आफूले मनोनयन पत्र दर्ता गराएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।