• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सन्दीप लामिछानेलाई आज अदालतमा उपस्थित गराइने

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि साेमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने छ ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गएकाे असाेज २० गते प्रहरीले पक्रेको थियो । दसैँकाे बिदा परेका कारण अदालत बन्द भएकाले साेमबारमात्र अदालतमा उपस्थित गराउन लागिएको हो ।

सन्दीपविरुद्ध परेको उजुरीमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई निश्चित दिन तोकेर म्याद दिने छ ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको गरेको भन्दै ती नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।

त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर गएका थिए । उनी असाेज २० गते नेपाल फर्किएका थिए ।