• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले लामिछानेलाई असोज २० बाट लागू हुनेगरी ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडाैंले जनाएकाे हाे ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गएकाे असाेज २० गते प्रहरीले पक्रेको थियो ।

दसैँकाे बिदा परेका कारण अदालत बन्द भएकाले साेमबारमात्र अदालतमा उपस्थित गराइएकाे हाे ।