• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कालिकोटको तिलागुफामा मलामी गएका १३ जना बेपत्ता

File Photo

कालिकाेट । कालिकोटको तिलागुफामा मलामी गएका १३ जना बेपत्ता भएका छन् ।

तिलागुफा नगरपालिका–४ राँचुलीबाट १३ जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको हाे ।

गत शनिबार ज्यान गुमाएका स्थानीय हेमराज शाहीको तिला नदी किनारमा आइतबार शव जलाउँदै गर्दा पहिरो झरेकाे थियाे । पहिराे झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो ।

पहिराेमा परेर १३ जना हराइरहेका हुन् । गाउँका अन्य घरहरु पनि पहिरोको जोखिममा परेकाे स्थानीयले बताएका छन् ।

–प्रतिकात्मक तस्बिर ।