• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

हुम्लामा पहिरोले घर भत्किँदा चार जनाको मृत्यु

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले घर भत्किँदा चार जनाको मृत्यु भएको छ ।

मेल्डाम डुमबाडा बस्ने मनबिर विकको घर माथिबाट आएको पहिरोले घर भत्काउँदा घरमा भएका ९ जनाको परिवारमध्ये चार जनाको मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बेलुका ७ बजेतिर आएको पहिरोमा बिकको घर भत्किएको हो ।

मृत्यु हुनेमा ६० वर्षीया तुलसा कामी, ७ वर्षीया बालिका बसन्ता कामी, ९ वर्षीया बालिका सुस्मिता कामी र १२ वर्षीया बालिका हैजाली कामी छन् ।

सोही घरमा रहेका ३८ वर्षीय देउच्म कामी, ३६ वर्षीया औगाती कामी, १२ वर्षीया निरुता कामी, १४ वर्षीया मनिका कामी र ३ वर्षीय तपेन्द्र कामी घाइते भएका छन् ।

३६ वर्षीया औगती कामीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ७ जना प्रहरी खटिएका छन् ।