• २०८३ असार ३
  • 2026 June 17, Wednesday

प्रभु साहबारे रावलको टिप्पणी : हरियो सर्पलाई माथि चढाउने को ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रभु साहको भूमिकाप्रति पार्टी नेतृत्वमाथि प्रश्न उठाएका छन् ।

नेता साहले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिए पनि नेता रावल त्यसबारेमा बोलेका हुन् । उनले नेता साहलाई माथि उठाउने को भन्दै अध्यक्ष ओलीमाथि प्रश्न गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘प्रभु साहको विद्रोह बारे निज पहिलेदेखि सन्दिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो । हरियो सर्प भनेको पनि आयो । सन्दिग्ध र हरियो सर्पलाई माथि चढाउन जिम्मेवार को र आज अनेकौँ सन्दिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’

ओलीले झापाबाट पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा साहका सन्दिग्ध गतिविधिबारे पार्टीमा पहिले नै जानकारी समेत बताएका थिए । एमाले प्रचार विभाग प्रमुख विष्णु रिजालले नेता साहलाई हरियो सर्पको संज्ञा समेत दिएका थिए ।