• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेप्सेमा ११ अंककाे वृद्धि

काठमाडाैं । पछिल्ला दुई दिन गिरावट भएको नेप्से परिसूचक बुधबार सामान्य अंकले बढेको छ।

बुधबार नेप्से परिसूचक ११.३२ अंक बढेर १८६६.४८ बिन्दुमा पुगेको हो ।

बुधबार कारोबारमा आएका २२३ कम्पनीको २० लाख ८५ हजार कित्ता शेयर ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकममा पनि सामान्य सुधार भएको छ ।

बुधबार नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ ।