७७ ओटै जिल्लामा फैलियो डेंगी, ज्यान गुमाउनेकाे संख्या ४५

काठमाडाैं । सरकारी तथ्यांकमा पनि डेंगी संक्रमित बढ्दै गएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको तथ्यांकअनुसार डेंगी संक्रमितको संख्या ३७ हजार १३१ पुगेको छ ।

मन्त्रालयले ७७ वटै जिल्लामा डेंगी फैलिएको जनाएको छ । हालसम्म डेंगीबाट ४५ जनाको ज्यान गइसकेको छ ।

डेंगी नियन्त्रणका लागि सरकारले विशेष योजना नबनाएका कारणले नै संक्रमितको संख्या बढ्दै गएको छ ।

सरकारी पहुँच अझै पनि संक्रमित सामु पुग्न सकेको छैन । यो आँकडा केबल सरकारी अस्पतालहरुको मात्रै हो ।

कयौं गुणा बढी निजी अस्पतालबाट परीक्षण गराउने, निजी ल्याबबाट परीक्षण गराउनेहरु बढी भएका कारण पनि लाखौंको संख्यामा संक्रमित भएको बताइन्छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१