फेन्सिङको महिला टिम इभेन्टमा एपीएफ क्लबकाे स्वर्ण पदक

काठमाडाैं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फेन्सिङको महिला टिम इभेन्टमा एपीएफ क्लबले स्वर्ण पदक जितेको छ ।

पोखरास्थित ब्याडमिन्टन हलमा बिहीबार भएको फाइनलमा बागमती प्रदेशलाई ४६–३२ ले हराएर एपीएफले स्वर्ण हात पारेको हो ।

एपीएफको टोलीमा अनिता अधिकारी, मनिष राई, उर्मिला माझी र मन्दिरा थापा थिए ।

बागमतीको टोलीमा गोमा आचार्य, अस्मिता घिसिङ, सुजता कुँवर र संगिता लम्साल थिए । त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले कास्य पदक जितेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१