• २०८३ असार ४
  • 2026 June 18, Thursday

६ महिनामा सांसद बन्न नसक्दा कानुननमन्त्री गोविन्दप्रसाद शर्मा पदमुक्त

गैर सांसद पनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार कानुनमन्त्री बनेका गोविन्दप्रसाद शर्मा (काेइराला) को बिहीबार पद गएको छ । गत चैत २४ मा उनी मन्त्री नियुक्त भएका थिए ।

गैर सांसद व्यक्ति मन्त्री बने ६ महिनाभित्र संघीय सांसद बन्नुपर्ने संवैधानिक व्यवस्था छ । ६ महिनाभित्र स्वतः पदावधि सकिने संवैधानिक व्यवस्थाअनुसार बिहीबार उनको पदावधि सकिएको हो ।

बन्दीको पदावधि सकिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन मन्त्रालयको जिम्मेवारी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएकी छन् ।