• २०८३ असार ४
  • 2026 June 18, Thursday

केपी ओलीले चलाउन थाले इन्स्टाग्राम

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि जोडिएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो फेसबुक पेजमार्फत आफूले इन्स्टाग्राममा पनि प्रोफाइल बनाएको उल्लेख गरेका छन्। उनले इन्स्टाग्राम चलाउनेहरूलाई आफूलाई फलो गर्न पनि आग्रह गरेका छन्।

ओली फेसबुक र ट्वीटरमा सक्रिय छन्। उनको फेसबुक पेजमा ३ लाख ५९ हजार र ट्वीटरमा ८ लाख ६ हजार भन्दाबढी फलोअर्स छन्।