• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

सत्यमोहन जोशीको निधनले मुलुकले एक अभिभावक गुमायो : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताएकी छन्।

जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको उनले बताएकी छन्।

आज ट्वीट गर्दै उनले भनेकी छन्, ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ।’

सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उनले उल्लेख गरेकी छन्।

ललितपुर निवासी जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो।