• २०८३ असार ४
  • 2026 June 18, Thursday

सत्ता गठबन्धनका शीर्ष नेताले आज काठमाडौंमा प्रशिक्षण दिने

काठमाडौं  । सत्ता गठबन्धन दलले आज काठमाडौंमा चुनावी प्रशिक्षण कार्यक्रम गर्दैछ।

दिउँसो १ बजे काँडाघरीस्थित एक पार्टी प्यालेसमा हुने प्रशिक्षणमा गठबन्धन दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र काठमाडौं जिल्ला इन्चार्ज कुमार पौडेलले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले कार्यक्रममा धारणा राख्नेछन्।

गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय पनि गरेको छ। कात्तिक ४ देखि ७ गतेसम्म हुने चुनावी सभालाई गठबन्धन आवद्ध दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।