बढेर आयो इन्धनको मूल्य : निगम भन्छ, यसपटक बढाउँदैनौँ

काठमाडौं  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि तत्कालका लागि यथावत् राख्ने जनाएको छ।

इण्डियन आयल कर्पोरेसन (आईओसी)ले आइतबार पठाएको नयाँ मूल्यसूचीमा डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढेर आएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाइ इन्धन १० रुपैयाँ २५ पैसा बढेर आएको हो।

डलरको मूल्य वृद्धि भएको र तेल उत्पादक कम्पनी ओपेकले उत्पादन कटौती गरेकाले मूल्य बढेर आएको निगमले जनाएको छ।

आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ। यसअघि तीन पटक मूल्य घटेर आए पनि निगमले घाटा पूर्ति भइनसकेको भन्दै मूल्य घटाएको थिएन।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१