• २०८३ असार ४
  • 2026 June 18, Thursday

एमालेसँगको तालमेलका कारण राप्रपामा भुँईचालो, असन्तुष्ट नेताहरुले जारी गरे सचेतना पत्र

काठमाडौँ ।  राप्रपाले नेकपा एमालेसंग गरेको चुनावी तालमेलका कारण राप्रपामा असन्तुष्टी बढेको छ । पार्टीका नेता कार्यकर्ताहरुको भावना विपरीत पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले एमालेसंग तालमेल गरे पछि राप्रपामा असन्तुष्टी बढेको हो ।

एमालेसँगको तालमेलले पार्टीको आदर्श र सिद्धान्तलाई असर पारेको भन्दै असन्तुष्ट नेताहरुले त्यसलाई अपवित्र गठबन्धनको संज्ञा दिएका छन् । उनीहरुले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई निर्णय तत्काल सच्याउनका लागि बुधबार सचेतना पत्र पठाएका हुन् ।

हेर्नुहोस सचेतना पत्र

No description available.

No description available.